×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुले घटाए निक्षेप र कर्जाको ब्याजदर, गरे नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

PRIME CA
GLOBAL IME BANK

बैंकहरुले घटाए निक्षेप र कर्जाको ब्याजदर, गरे नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

१२ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो समय वाणिज्य बैंकहरुले निक्षेप र कर्जा दुबैको ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरिरहेका छन् । नयाँ ब्याजदर सार्वजानिक गर्ने अधिकांश बैंकहरुले पुरानो ब्याजदरको तुलनामा निक्षेप र कर्जा दुबैको ब्याजदर घटाएर सार्वजनिक गरेका हुन् । बैशाख मशान्तसम्ममा बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.४४ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १०.९९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.६७ प्रतिशत र १२.२३ प्रतिशत रहेका थिए । बैशाख यता बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर थप घटाएका छन् । केन्द्रिय बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत बजारमा तरलता सहज गरेपनि बैंकहरुले व्याजदर घटाएका हुन् ।
कुन बैंक कति व्याज ?
बैंक अफ काठमाण्डुले साधारण बचतमा ४ प्रतिशतदेखि साँढे पाँच प्रतिशतसम्म ब्याज दिनेगरी नयाँ सूचना जारी गरेको छ ।  बैंकले कर्जामा पनि आधार दरदेखि पाँच प्रतिशतसम्म प्रिमियम थपेर कर्जा उपलब्ध गराउने जनाएको  छ । यस्तै सिटिजन बैंकले असार ७ गतेदेखि साधारण बचतको ब्याजदर ४.५० प्रतिशत कायम गरेको छ ।   बैंकले कर्जाको ब्याजदर आधार दरमा शुन्य दशमलव ५० प्रतिशतदेखि ८ प्रतिशतसम्म प्रिमियम थपेर प्रदान गर्ने जनाएको छ। एनसीसी बैंकले साधारण बचतमा साढे ५ प्रतिशत ब्याज दिनेछ । यस्तै कर्जामा आधार दरदेखि ५ प्रतिशतसम्म प्रिमियम थप गरी थप गरी ब्याजदर लिने जनाएको छ। नेपाल बैंकले साधारण बचतमा ३ प्रतिशतदेखि पाँच प्रतिशतसम्म ब्याज दिनेछ भने कर्जामा आधार दरमा ४.६६ प्रतिशतसम्म ब्याजदर लिने गरी ब्याजदर सार्वजनिक गरेको छ । यस्तै सिभिल बैंकले साधारण बचतको ब्याजदर साढे पाँच प्रतिशत दिनेछ भने कर्जाको ब्याजदर आधार दर देखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर लिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: