
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ। बैंक अफ काठमाण्डू लिमिटेडको विराटनगर शाखाले बिओके प्रिमियम तलब खाता अन्र्तगतको विभिन्न सुबिधाहरु मध्ये दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको रु. सात लाखको बीमा दाबी रकम हालै खाताबाहकको परिवारलाई हस्तान्तरण गरेकोे छ ।

उक्त शाखाका खातावाहक अमिर चौधरीको दुर्घटनामा परी असामयिक निधन भएकोले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसंग समन्वयमा बैंक प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख दिपेन्द्र बुढाथोकीबाट उक्त बीमा दाबी रकम स्व. चौधरीका श्रीमती मनिषा चौधरीलाई हस्तान्तरण गरे ।
बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्