×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंकको सामाजिक कार्य: युएईमा समस्यामा परेका नेपालीलाई खाद्यन्न सामाग्री वितरण

LAXMI SUNRISE BANK

सेञ्चुरी बैंकको सामाजिक कार्य: युएईमा समस्यामा परेका नेपालीलाई खाद्यन्न सामाग्री वितरण

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सेञ्चुरी बैंकको सेञ्चुरी रेमिटले युएईमा समस्यामा परेका नेपालीलाई सहयोग गरेको छ । सेञ्चुरी बैंकले खाद्यन्न तथा दैनिक उपभोग्य सामाग्री सहयोग गरेको हो । सेञ्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलमार्फत आइतबार आबुधाबीको राहत वितरण टोलीलाई ३ सय केजी चामल र ५४ लिटर तेल लगायतको खाद्यन्न सामाग्री उपलब्ध गराइएको हो ।

आबुधाबीमा राहत वितरण टोलीका तर्फबाट कृष्ण गौतम, दुर्योधन कार्की, महेश श्रेष्ठ लगायतका प्रतिनिधीले उपलब्ध सहयोग सामाग्री बुझेका थिए । यस्तै बैंकले गैर आवासीय नेपाली संघ (नेपाल एसोसिएसन) युएईको राहत वितरण टोलीलाई १ हजार दिहराम बराबरको राहत सामाग्री उपलब्ध गराएको छ । टोलीलाई २ सय केजी चामल, १ सय केजी आलु , १ सय केजी प्याज, ५५ लिटर तेल र अन्य खाद्यन्न सामाग्री उपलब्ध गराइएको सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।
उक्त सामाग्री नेपाल एसोसएसनका उपाध्यक्ष नरेश शेन, गैर अवासीय नेपाली संघका आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष विश्वदिप शाह र केशव नेपालले बुझेका थिए । परदेशमा नेपालीहरुले आर्जन गरेको धनलाई सरल, सहज, छिटो र भरपर्दो रुपमा परिवारसम्म पुर्याउन मात्र नभएर दुःखमा पनि साथ दिन सेन्चुरी सधै तत्पर रहेको पौडेलले बताए । विभिन्न दाताहरुबाट प्राप्त सहयोगले समस्यामा परेकाहरुलाई सहायता गरिने बैंकले जनाएकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी