×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेक लघुवित्तले ल्यायो नयाँ सुविधा, अव इसेवाबाटै किस्ता भुक्तानी गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

छिमेक लघुवित्तले ल्यायो नयाँ सुविधा, अव इसेवाबाटै किस्ता भुक्तानी गर्न सकिने

Artha Sarokar

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो किस्ता तथा बचत इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । इसेवाले ग्रामिण भेगमा रहेका लघुउद्यमीहरूलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी याे सेवा सुरू गरेको हो । यसैगरी, अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र छिमेक लघुवित्तका तर्फबाट चोलराज शर्मा जोशीले हस्ताक्षर गरेका छन् ।
इसेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाईलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका सदस्यले नजिकको इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन् । यो सँगै लघुवित्तका सदस्यहरूले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुनेछ । 
लघुवित्तको अनलाइन भुक्तानीबारे इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले याे सहकार्यले अब लघुउद्यमीहरूलाई अनलाइनबाट भुक्तानी गर्न सहज बनाउनेछ र उनीहरूले घरबाटै बचत गर्न तथा किस्ता तिर्न सक्ने बताएका छन् ।
छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले अहिलेको डिजिटलाईजेसनको जमानामा क्यासलेस कारोबारका लागि इसेवासँगको सहकार्यले निकै फाइदा पुर्याउने बताएका छन् । साथै, यस किसिमको डिजिटल भुक्तानीबाट संस्थाको लागत पनि घटाउने भएकाले डिजिटल भुक्तानीले सबैलाई सहज बनाउने उनले बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी