×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा कोरोना भाइरसका कारण थप एकजनाको मृत्यु !

PRIME CA

सुदूरपश्चिममा कोरोना भाइरसका कारण थप एकजनाको मृत्यु !

१६ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । सुदूरपश्चिममा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरुष रहेका छन् । उनको मृत्युपछि कोरोना पुष्टि भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।
जेठ २७ गते गौरिफन्टा नाका हुँदै भारतबाट आएका उनको असार १४ गते आइतबार बयलपाटा अस्पातालमा उपचारको क्रममा मृत्यु भएको थियो । असार १३ गते एक्कासी श्वासप्रश्वसमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको थियो । अवस्था गम्भिर भएका कारण अकश्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देब जोशीले बताउनुभयो । 
योसंगै सुदूरपश्चिममा कोरोना भाइरसका कारण मृत्यु हुने संक्रमितको सङख्या सात पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: