×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिँदै बैंकर्स संघले भन्यो – ‘मर्जरमा जाने वाणिज्य बैंकलाई थप सुविधा देऊ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिँदै बैंकर्स संघले भन्यो – ‘मर्जरमा जाने वाणिज्य बैंकलाई थप सुविधा देऊ’

Artha Sarokar

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । वाणिज्य बैंकका सीइओहरुको संगठन नेपाल बैंकर्स संघले मर्जरमा जाने वाणिज्य बैंकहरुलाई थप सुविधा दिन माग गरेको छ । संघले मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिंदै सीआरआर र ब्याजदर अन्तरमा सहुलियत दिन माग गरेको हो । 
संघले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा उल्लेख गरिएका सहुिलियतबाहेक दुई वर्षसम्मका लागि सीआरआरमा १ प्रतिशत छुट दिन माग गरेका हो ।  यस्तै कोरोना भाइरसका कारण ऋणीलाई ठुलो समस्या परेको भन्दै वर्किङ क्यापिटल लोनको सीमा २० प्रतिशतले बढाउन पनि संघले  माग गरेको छ । ऋणपत्र निष्काशन अनिवार्य नगर्न पनि माग गरेको छ । संघले  २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्थालाई ऐच्छिक बनाउन आग्रह गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी