×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डडेल्धुराका स्थानीय तहद्वारा आर्थिक वर्ष २०७७-७८ काे वार्षिक बजेट प्रस्तुत, कुन कुन स्थानिय तहमा कति ? (विवरणसहित)

  • दिपकराज भट्ट/अर्थसरोकार सुदूरपश्चिम ब्युरो
डडेल्धुरा । सोमबारदेखी सुरु भएको गाउँपालिकाको छैटौं गाउँसभा अधिवेशनमा वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । जिल्लाको भागेश्वर गाउपालिकाको आर्थिक वर्ष २०७७-७८ का लागि  ३७ करोड ५४ लाख ७६ हजार ५९० रुपैयाँ बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी अध्यक्ष कौशिला भट्टले गाउँ सभामा बजेट प्रस्तुत गरिन् । भागेश्वर गाउँपालिकाले आर्थिक पुर्वाधार तर्फ एक करोड चालीस लाख, वन वातावरण व्यवस्थापनमा आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसैगरी शिक्षामा एक करोड २५ लाख, स्वास्थ्यमा ६४ लाख, कृषिमा ७० लाख, सरसफाइमा ५० लाख , खेल मैदानका लागि १० लाख, विपत व्यवस्थापनमा एक करोड, शुसासनका लागी तीन लाख र समपुरक कोषमा दुई करोड विनियोजन गरेको छ ।
गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोना भाइरसका कारण विकास र अर्थतन्त्रमा परेको असरलाई मध्यनजर गरेर आगामी आर्थिक वर्षका लागि योजना तर्जुमा गरिने बताइन् । विकास र रोजगारी नै गाउँपालिकाको आगामी आर्थिक वर्षको प्रमुख कार्यायोजना हुनुपर्ने उल्लेख गर्दै उनले क्षमता विकास र रोजगार कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिन् । गाउँपालिकाले कृषि पेशालाई सभ्य र मर्यादित बनाइ मानिसलाई कृषिमा आकर्षित गर्ने नीति लिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कृषि विकासका लागि दिगो उत्पादकत्व र रोजगारका निम्ती नीति अबलम्बन गरी अल्पकालीन, मध्यकालीन, दीर्घकालीन, ‘कृषि योजना निर्माण’ गरिने र आवश्यक बजेट विनियोजन गरिने उल्लेख गरिएको छ । यस्तै, कृषि आधुनिकीकरणका लागि कृषि यन्त्र वितरण र उत्पादित कृषि उपजको बजारीकरण गरिने, एक वडा एक पकेटका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । साथै बेरोजगार युवाका लागी रोजगारीको अवसर सृजना गर्ने नीति लिइने जनाइएको छ ।
अजयमेरु गाउँपालिका:
अजयमेरु गाउँपालिकाको आर्थिक वर्ष २०७७-७८ को बजेट रु. ४७ करोड २८ लाख १ हजार ६० सर्बसम्मतीले पारित गरिएको छ । 
गन्यापधुरा गाउँपालिकाको बजेट ३३ करोड २१ लाखः 
गन्यापधुरा गाँउपालिकाले आगामी आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रम र बजेट बुधबार सार्वजनिक गरेको छ । गाँउपालिका उपाध्यक्ष कमला ठगुन्नाले आगामी वर्षका लागि ३३ करोड २१ लाख ४२ हजार १९२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन । गन्यापधुरा गाँउपालिकालाई संघिय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान ७ करोड ६१ लाख रुपैयाँ, संघिय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड रकम ६ करोड ३१ लाख ८९ हजार १२९ रुपैयाँ, संघिय सरकारबाट प्राप्त हुने शर्त अनुदान पुँजीगत १४ करोड ३९ लाख, संघिय सरकारबाट प्राप्त हुने बिशेष अनुदान पुँजीगत १ करोड ८० लाख र संघिय सरकारबाट प्राप्त हुने समपुरक अनुदान पुँजीगत १ करोड ६६ लाख रुपैयाँ रहेको छ ।
आलिताल गाउपालिकाः 
आलिताल गाउँपालिकाको सातौँ गाउँसभा तथा चौथो बजेट सार्वजनिकिकरण कार्यक्रम आर्थिक वर्ष २०७७-७८ को लागि रू. ४८ करोड ६८ लाख ९८ हजार पारित गरिएको छ । 
अमरगढि नगरपालिकाः 
अमरगढीले नगरपालिकाले ५५ करोड ४६ लाखको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७७-२८ का लागि ल्याएको उक्त बजेजमा कोरोना रोकथाम र नियन्त्रण मुख्य प्राथमिकतामा रहेको छ । बुधबार सातौं नगर सभामा नगरपालिका उप–प्रमुख संगिता भण्डारीले आगामी आर्थिक वर्षका लागी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाका अनुसार आगामी आर्थिक वर्षमा कोरोना महामारी नियन्त्रण मुख्य प्राथमिकतामा रहेको छ । त्यसैगरी कृषि, उद्यम विकास र रोजगारीलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको प्रमुख ओझाले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: