×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीका बैंकहरुमा जे देखियो…कृषि र एसबिआइमा कायम छैन भौतिक दुरी, अरुको अवस्था कस्तो ? (फोटो-कथा)

PRIME CA

धनगढीका बैंकहरुमा जे देखियो…कृषि र एसबिआइमा कायम छैन भौतिक दुरी, अरुको अवस्था कस्तो ? (फोटो-कथा)

४ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ / अर्थ सरोकार सुदूरपपश्चिम ब्युरो 
धनगढी । सरकारले लकडाउन खुकुलो पारेसँगै धनगढीका बैंकहरुमा विभिन्नखाले दृश्य देखिन थालेका छन् । केहि बैंकहरुमा अस्वाभाविक भीड बढेको देखिन्छ भने केहि बैंकहरु अझै पनि सुनसान प्राय: छन् । यसो त सिमित अवधिका लागि मात्र बैंकहरु खुल्दा केहि भीड बढ्नु स्वभाविक होला, तर यहि स्वभाविकताभित्र पनि केहि बैंकहरुमा अत्याधिक भीड देखिएको छ भने केहि बैंकहरु सुनसान छन् ।
लकडाउन खुकुलो भएसँगै धनगढीमा सबैभन्दा बढी भीड लागेको बैंक हो, नेपाल एसबगीआइ बैंक । यो बैंकमा विशेषगरी पेन्सन पट्टा लिन आउनेहरुको संख्या निकै ठुलो भएकाले भीड लागेको हो । बैंकले सकेसम्म भौतिक दुरी कायम गर्न खोजेपनि भीड अनियन्त्रित हुँदै जाँदा भीडले आफ्नो लय गुमाउन थाल्छ । बैंकमा फर्ष्ट आवरमा जाँदा दुरी कायम गरिएको छ जस्तो देखिन्छ, तर भीड बढ्दै जाँदा दुरीको नियम पनि बेकाम भइदिन्छ । यसले बैंक पुग्नेहरु जोखिममा छन् । 
यसो त बैंकका एटिएमहरु पनि सुरक्षित देखिएका छैनन् । उदाहरणका लागि कृषि बिकास बैंक लिमिटेडको एटिएममा देखिएको एउटा दृश्यलाई हेर्न सकिन्छ । सुरक्षा गार्ड बुथभित्रै दुरीसमेत कायम नगरी ग्राहकले कारोबार गरेको हेरिरहेका छन् । यो स्वास्थ्य र ग्राहकको सुरक्षा दुवैका निम्ति घातक छ ।
अझ खास प्रसङ्ग त के हो भने अर्थ सरोकारले पटक पटक धनगढीका विभिन्न बैंकहरु कोरोनाको दृष्टिकोणले असुरक्षित रहेको खबर प्रकाशन / प्रशारण गरेपछि धेरै बैंकहरु सुनसान देखिन थालेका छन् । यसो त धनगढीको अहिलेको मौसमका कारण पनि अत्यावश्यक नभई ग्राहकहरु बैंकसम्म पुग्दैनन । र पनि यहि समय अरुबेला देखिने ग्राहकको चाप धनगढीका बैंहरुमा देखिने गरेको छैन । 


यसो त सबै बैंकहरुको स्थिति नराम्रो पनि छैन ।  केहि बैंकहरुमा राम्रो भौतिक दुरी कायम गरिएको छ । शाखा र एटिएम दुवैमा स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिइएको छ । अन्य बैंकको स्थिति के छ त ? बाँकी फोटो फिचरमा हेरौं :








 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: