×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुन्दर सुदूरपश्चिमका ८ तस्विर : शान्त वातावरणका बीच मन्द-मन्द मुस्कुराइरहेछ धनगढी… (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थसरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । गज्जबको छ यो प्रकृतिको मोह । पछिल्लो समय कोरोना भाइरसका कारण झण्डै ३ महिना यता ठप्प बनेको मानवीय चहलपहलका कारण मोसममा पनि परिवर्तन देखिन थालेको छ । उद्योग, कारखानाजस्ता प्रदुषण बन्द भएका कारण प्रकृतिले पनि केहि हदसम्म मुहार फेरेको सजिलै अनुमान गर्न सकिन्छ । वैज्ञानिक तथा भुगोलविदहरुले पनि पछिल्लो लामो समयदेखि पातलिंदै गएको पृथ्वीको कवज (ओजोत तह) पुरानै स्वरुपमा आएको बताएका छन् । 
प्रकृतिले अमूल्य बरदानस्वरुप दिएका असीमित स्रोत र साधनहरु चेतनशील प्राणीको दर्जा पाएको मानवजातीले अनियन्त्रित रुपमा आफू अनुकुल कब्जा गर्दै गयो । आफू र आफ्नो सन्ततिका लागि मात्र होइन नाती, पनाती, खनाती हुँदै पानीमन्तरे सम्मका लागि हत्केलामा सञ्चित गर्दै गर्यो, सायद त्यो भन्दा पनि बढी । संसारमा दुई प्रतिशत कथित धनाढ्यहरुको कारणले गर्दा बाँकी ९८ प्रतिशत मानिसहरुको जीवन अप्ठ्यारोमा परेको छ । नपरुन् पनि कसरी ? विवेकी हुँदाहुँदै पनि मान्छेले आफूले कब्जा गरेको प्राकृतिक स्रोत र साधनहरु बाँडेर वा दिएर जानुभन्दा छोडेरै मर्नु उत्तम ठान्दछ ।
तर पछिल्लो समय कोरोना भाइरसका कारण ठप्प रोकिएको  चहलपहलकाबीच प्रकृतिले मज्जासँगै परिवर्तन हुन पाएको आभास निलो आकाश र मौषमबाट प्रष्टै भएको छ । यसैबीच धनगढीबाट देखिएको मोषम ! हेर्नुहोस् फोटो फिचरमा:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: