×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनको भाउ तोलाकै ९० हजार नाघेपछि धनगढीका सुनपसल सुनसान, साहुजीहरु कोहि आराम गर्दै कोहि लुडो खेल्दै…!

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले एक तोलाकै ९० हजार माथि पुगेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ७ गते आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ तोकेको छ भने तेजाबी सुन मूल्य प्रतितोला ९० हजार १६० र चाँदी प्रतितोला ९४० रुपैयाँ निर्धारण गरेको छ ।
शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ७०० रुपैयाँले बढेको हो भने चाँदी भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको हो । सुनको यो मूल्य इतिहासकै उच्च बिन्दु हो । सुनको मूल्य बढेपछि सुनपसलहरुमा किन्ने ग्राहकहरुको संख्या सून्य प्राय भएको छ भने बेच्ने ग्राहकहरु ह्वात्तै बढेका छन् ।
यसैबीच सुनको भाउले आकाश छुन थालेपछि धनगढीका सुन पसलहरु सुनसान देखिन थालेका छन् । सुन पसलहरुमा साहुजीहरु सुतिरहेको र लुडो खेलिरहेको देखिन थालेका छन् । ग्राहकहरु भएको पसलमा पनि सुन किन्नेहरुभन्दा बेच्नेहरु बढी देखिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: