×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकारी कार्यालयमा कोरोनाको जोखिम बढ्यो, ९ तस्विरमा हेर्नुहोस् धनगढी यातायातमा कर बुझाउनेको अव्यवस्थित भिड !

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कोरोना भाइरसका कारण गत चैत्र ११ गतेदेखी गरिएको लकडाउनमा बन्द भएका सरकारी कार्यालय खुलेसँगै यातायात व्यवस्था कार्यालय धनगढीमा चाप ह्वात्तै बढेको छ । बन्दाबन्दीकै समयमा सरकारले राजस्व बुझाउनुपर्ने भनि उर्दी जारी गरेपछी यातायात कार्यालयमा पनि भिडभाड भएको सजिलै अनुमान गर्न सकिन्छ । 
धनगढीमा अत्यन्तै भिडभाड हुने कार्यालयहरुमध्ये पर्ने यातायात कार्यालयमा अहिले कर तिर्नेहरुको भिड अप्रत्यासित ढंगले बढेको छ । अहिले दैनिक दुई हजारको हाराहारीमा मान्छेहरु यातायात कार्यालय पुग्ने यातायात कार्यालय धनगढीका एक कर्मचारी बताउँछन् ।  विभिन्न प्रयोजनका लागि यातायात पुग्ने सर्वसाधरणको दुखेसो पनि कम छैन । “बिहान ७ बजे आएर लाईनमा बसेको छु पालो अझैपनि आएको छैन”, कर तिर्नका लागि यातायात पुगेका मनिष शर्माले भने । त्यसै भिडमध्येका शिशिर चौधरीको गुनासो भने यस्तो छ, “लाईनमा त बरु जति पनि बस्थ्यौँ कि तर भिडभाड बढी हुँदा कोरोना लाग्ने पो हो की भन्ने चिन्ता छ ।”
यातायात व्यवस्था कार्यालय धनगढीमा देखिएको भिडले कोरोना भाइरसको संक्रमणको सम्भावनालाई उच्च बनाएको छ । न सामाजिक दुरी कायम गरिएको छ न भौतिक दुरी । यातायात व्यवस्था कार्यालय धनगढीमा देखिएको भिड ! हेर्नुहोस् फोटो फिचरमा….

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: