×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब विद्यार्थीले डिस होमबाटै कक्षा ९ र १० को पठनपाठन गर्न सक्ने

LAXMI SUNRISE BANK

अब विद्यार्थीले डिस होमबाटै कक्षा ९ र १० को पठनपाठन गर्न सक्ने

९ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । टेलिभिजन च्यानल प्रशारण संस्था डिस होमले विद्यालय तहका कक्षा ९ र १० का विद्यार्थीलाई पनि मध्येनजर गरेर पठनपाठन सुरु गरेको छ । नेपाल सरकारले सबै विद्यार्थीहरुको पठनपाठन टीभी र रेडियोबाट गराउने योजना अनुसार सरकारसँगको समन्वयमा डिस होमबाट पठन पाठन सुरु गरिएको हो ।
डिस होमले असार ७ गतेदेखि विद्यार्थीहरुलाई दैनिक ४ घण्टासम्म विषय पढाइरहेको छ । डिस होमको १०० र १०१ च्यानलमार्फत पढाई निःशुल्क सुरु गरेको हो । पढाई बिहान १० बजेदेखि २ बजेसम्म भइरहेको डिस होमका जनरल म्यानेजर रमेश सापकोटाले बताए । रिचार्ज गर्न नसकेका ग्राहकले यी दुई च्यानल हेर्न सक्ने उनले बताए ।
उनका अनुसार कुनै प्राविधिक कारणले डसि होममा समस्या आएपनि तत्काल डिस होमको टोलफ्रि नम्बरमा सम्पर्क गर्न सकिने र तुरुन्तै प्राविधिक पठाएर समस्याको समाधान हुनेछ । डिस होमको टोल फ्रि नम्बर १६६००१२२००० र एनसेलको ९८०११५५००० मा रहेको छ ।
यस्तै, डिस होमले डियरवाक लर्निङ् सेण्टरको सहकार्यमा बैशाख २० गतेदेखि नै ७ वटा कक्षाको पठन पाठन शुरु गरेको थियो । कक्षा ४ देखि १० सम्मका ४ विषयको पढाई भईरहेको थियो । अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरुका लागि भिन्ना भिन्नै च्यानल निर्धारण गरिएको छ । सरकारले निर्धारण गरेको पाठ्यक्रममा आधारित रहेर डियरवाक लर्निङ् सेण्टरको संयोजनमा शिक्षकहरु मार्फत कक्षा सञ्चालन गरिएको जनाईएको छ । उक्त कक्षालाई डिस होम मार्फत प्रशारण गरिएको हो ।
यस्तै, लकडाउनको समयमा डिस होमले आफ्ना ग्राहकका लागि विभिन्न योजना ल्याएको छ । डिस होमका ग्राहकले वार्षिक रिचार्ज गर्दा २५ प्रतिशतसम्मको छुट पाइरहेका छन् भने हरेक हप्ता दुई जनालाई एक लाखको लक्की ड्र पनि निरन्तर रुपमा अगाडि बढिरहेको छ ।
विद्यार्थीहरूले लकडाउन अवधिभर अब घरमै बसेर दूरशिक्षा लिन पाउने भएका छन् । सरकारले उनीहरुलाई घरमै बसेर श्रव्य–दृश्य सञ्चार माध्यमबाट पढ्न पाउने वातावरण मिलाएको हो । गत चैतदेखि नै लकडाउनका कारण स्कुल, कलेजहरु बन्द छन् । उनीहरुलाई शिक्षाबाट वञ्चित नगर्न शिक्षा मन्त्रालयले असार १ गतेदेखि रेडियो, टीभी र इन्टरनेटको पहुँच तथा उपलब्धताका आधारमा पढ्ने व्यवस्था मिलाएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी