- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२१ रुपैयाँ १७ पैसा रहेको छ । युरोपिएन युरो एकको खरिददर १३५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३६रुपैयाँ ६२ पैसा निर्धारण गरेको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४३ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्