- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ३४ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२१ रुपैयाँ ९४ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६५ पैसा रहेको थियो । युरोपिएन युरो एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ २२ पैसा निर्धारण गरेको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३६ पैसा र बिक्रीदर २८ रुपैयाँ ५० पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४९ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्