- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६४ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२१ रुपैयाँ २४ पैसा रहेको छ । युरोपिएन युरो एकको खरिददर १३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १५ पैसा र बिक्रीदर २८ रुपैयाँ २९ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३९ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्