- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज ४ सयले घटेर प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (मंगलबार) प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ६ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय ६ रुपैयाँ कायम गरेको छ ।