×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको सामाजिक कार्य: प्रदेश नं. ५ सरकारलाई २५ लाख रुपैयाँ आथिक सहयोग

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड-१९) विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई नगद २५ लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार एक कार्यक्रमकाबीच बैंकको प्रदेश नं. ५ का नायव प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश नं. ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले कोरोना भाईरस (कोभिड-१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण रहने बताएका छन् । कोभिड-१९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएको छ ।
बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ । साथै, आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने बैंकले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: