- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सोमबार पनि सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले एक तोलाकै ९१ हजार पुगेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले असार ८ गते सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ रुपैयाँ तोकेको छ भने तेजाबी सुन मूल्य प्रतितोला ९० हजार ५६५ र चाँदी प्रतितोला ९५० रुपैयाँ निर्धारण गरेको छ ।
आइतबारको तुलनामा सोमबार सुन तोलामा ४०० रुपैयाँले बढेको हो भने चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको हो । सुनको यो मूल्य इतिहासकै उच्च बिन्दु हो । सुनको मूल्य बढेपछि सुनपसलहरुमा किन्ने ग्राहकहरुको संख्या सून्य प्राय भएको छ भने बेच्ने ग्राहकहरु ह्वात्तै बढेका छन् ।