- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ८८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज १ हजारले बढेर प्रति तोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य इतिहासकै उच्च रहेको छ ।
यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रति तोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहिबार) प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ८ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।