- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहिबार प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रति तोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार) प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ८ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय १ रुपैयाँ ५० पैसा कायम गरेको छ ।