- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज १ सयले बढेर प्रति तोला ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो इतिहासकै उच्च मूल्य हो ।
यता, चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार) प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ९ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ९३ रुपैयाँ कायम गरेको छ ।