- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला ८७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज ९ सयले बढेर प्रतितोला ८८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो इतिहासकै उच्च मूल्य हो ।
यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) प्रति १० ग्राम सुनको मूल्य ७५ हजार ९ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय १ रुपैयाँ ५० पैसा कायम गरेको छ ।