×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र देवः विकास बैंकको एकीकृत कारोबार असार २८ गतेदेखि !

PRIME CA
GLOBAL IME BANK

कुमारी बैंक र देवः विकास बैंकको एकीकृत कारोबार असार २८ गतेदेखि !

१६ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कुमारी बैंक र देवः विकास बैंकले असार २८ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गरि कुमारी बैंकको नामबाट एकीकृत कारोबार गर्न लागेको हो । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।
दुवै बैंकको जेठ १९ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.८६ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिएको छ । यसर्थ, देवःको १०० सय कित्ता सेयर हुनेले अब कुमारीको नाममा ८६ कित्ता सेयर पाउनेछन् । देवः एक्वायरपछि कुमारीको चुक्ता पुँजी १२ अर्ब ५० करोड भन्दा बढी हुनेछ । बैंकको निक्षेप १ खर्ब २० अर्ब र कर्जा १ खर्ब ५ अर्ब हुनेछ । एक्विजिसन प्रक्रियाका कारण देवःको गत असोज ९ गतेबाट सेयर कारोबार रोक्का छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: