
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लक्ष्मी बैंकले ल्यापटप, कम्प्युटर तथा सम्बन्धित उपकरणहरु किन्नको लागि सुपथ व्याजदरमा शतप्रतिशत कर्जा दिने भएको छ ।
विद्यालय तथा कलेजहरुमा अनलाइन कक्षा सञ्चालन गर्ने तथा व्यवसायी तथा कर्मचारीहरुले घरबाटै काम गर्ने अवधारणाको विकास भएकाले बैंकले अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै उक्त योजना ल्याएको हो ।
कोभिड-१९ रोकथामका लागि अपनाइएको लकडाउनका कारण घरबाट काम गर्नुपर्ने नयाँ वातावरणको सिर्जना भएको छ । यो सुविधा अन्तर्गत योग्य ग्राहकहरुलाई खरिद मूल्यको १०० प्रतिशतसम्मको कर्जा शून्य प्रतिशत शुल्क तथा न्युनतम १२ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने बैंकले जनाएको छ ।
यो सुविधा हाल एसर, एप्सन, डेल तथा एप्पल ब्राण्डका ल्यापटप तथा कम्प्युटर उपकरणहरुमा उपलब्ध छ । ग्राहकहरुलाई थप छनौटको सुविधा दिन निकट भविष्यमा नै अन्य ब्राण्डहरु पनि थप गर्दै जाने बैंकको योजना रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्