×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनका समयमा गर्भवती बढे, गर्भपतन गराउने औषधिको विक्री पनि ह्वात्तै बढ्यो… !

PRIME CA
GLOBAL IME BANK

लकडाउनका समयमा गर्भवती बढे, गर्भपतन गराउने औषधिको विक्री पनि ह्वात्तै बढ्यो… !

११ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । झन्डै ३ महिना भएको पूर्ण लकडाउन र त्यसपछि भइरहेको आंशिक लकडाउनले देशभर गर्भवती महिलाहरुको संख्या बढेको पाइएको छ । लकडाउन खुकुलो भएसँगै गर्भजाँच गराउनेहरु बढेसँगै यस्तो तथ्यको उजागर भएको हो । पछिल्लो समय काठमाडौँका विभिन्न अस्पतालहरुमा गर्भजाँच गराउनेहरुको संख्या ह्वात्तै बढेको छ । सुन्दा ‘रमाइलो’ झैं लागे पनि लकडाउनका बेला अलि धेरैनै गर्भवति महिलाहरु बढेको डाक्टरहरुको भनाइ छ । 
‘लकडाउन हुन त अहिले पनि चलिरहेको छ । तर लकडाउन धेरै खुकुलो भएको छ । यो बीचमा गर्वजाँच गराउन आउनेहरुको संख्या पनि ह्वात्तै बढेको छ ।’ एक डाक्टरले अर्थ सरोकार डटकमसँग भने, ‘सुन्दा ठट्टा गरेजस्तो, तर यो सत्य हो । लकडाउनका बेला गर्ववतिहरुको संख्या ह्वात्तै बढेको छ ।
गर्भपतन गराउने औसधिको माग पनि ह्वातै बढ्यो 
यसो त लकडाउन खुकुलो भएसँगै गर्भपतन गराउने औसधिको माग पनि ह्वात्तै बढेको पाइएको छ । हत्तपत्त साना औषधि पसलहरुमा विक्री नहुने /नगरिने यो औसधिको माग सामान्य औषधि पसलहरुमा पनि बढेको छ । ‘यो औषधि अरु औषधि खाएजस्तो होइन, तर एकदम माग बढेको छ ।’ नयाँ बानेश्वरमा संचालित एक फार्मेसीका संचालक भन्छन्, ‘प्लानिङ नगरी राखिएका सम्बन्धहरुले गर्वपतन गर्नेहरुको संख्या बढेको छ । जुन गलत छ।’ गर्भपतन गराउने औसधि बेच्न अनुमति चाहिने भएपनि अनुमति नलिएकाहरुले पनि यो औसधि बेचिरहेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: