
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग प्रदान गरेकाे छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका हेटौंडा र टाँडी शाखाले क्रमश मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ मा अवस्थित श्री आनन्द भैरव आधारभुत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका वडा नं. ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीहरूको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि क्रमश एक लाख पचास हजार रूपैयाँ र एक लाख पैसठ्ठी हजार रूपैयाँ गरी जम्मा तीन लाख पन्ध्र हजार रूपैयाँको आर्थिक सहयोग प्रदान गरेका हुन् ।

असार २ गते बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्र प्रसाद नेपाललाई एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।
त्यसैगरी, असार ८ गते रोयल सेन्चुरी होटलमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक श्याम बाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई एक लाख पैसठ्ठी हजार रकमको चेक हस्तान्तरण गरेका थिए । उल्लेखित कार्यक्रमहरूमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्