Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकको सामाजिक कार्य : दुई विद्यालयलाई महिलामैत्री शौचालय निर्माण गर्न आर्थिक सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी विकास बैंकले रुपन्देहीको र चितवनको दुई विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि तीन लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकको भैरहवा र नारायणगढ शाखाले क्रमश. रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा न. ९ मा अवस्थित भानु माध्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका वडा न. ११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको उक्त शौचालयका लागि एक लाख ५० हजार रुपैयाँको दरले उक्त सहयोग प्रदान गरेका हुन् ।
विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । भानु माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थ नगरका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।
त्यसैगरी, विकास बैंकको नारायणगढ शाखा कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक वीरेन्द्रकुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरीलाई एक लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK