×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पसल खोल्न पाउनुपर्ने भन्दै मैतीदेवीका व्यापारीले गरे नाराबाजी, भन्छन् ‘अब पनि व्यापार गर्न नदिए कसरी पेट पाल्ने ?’

PRIME CA
GLOBAL IME BANK

पसल खोल्न पाउनुपर्ने भन्दै मैतीदेवीका व्यापारीले गरे नाराबाजी, भन्छन् ‘अब पनि व्यापार गर्न नदिए कसरी पेट पाल्ने ?’

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौँको मैतीदेवीमा व्यापारीहरुले पसल खोल्न पाउने पर्ने भन्दै नाराबाजी गरेका छन् । बुधबार बिहान खोलेका पसल प्रहरीले बन्द गर्न लगाएपछि अत्यावश्यक बाहेकका पसलहरु पनि खोल्न पाउनुपर्ने माग राख्दै व्यापारीहरुले नाराबाजी गरेका हुन् । 
नाराबाजीका क्रममा प्रहरी र व्यापारीबीच केहीबेर तनाव भएको थियो । व्यापारीको नाराबाजीकैबीच प्रहरीले सबै पसलहरु बन्द गराएको छ । व्यापारीहरुले लामो समयदेखि लकडाउन भएका कारण व्यापार चौपट भएको र अब पनि व्यापार व्यवसाय गर्न नदिईएको भन्दै आक्रोशित छन् । उनीहरुले अब पनि व्यापार गर्न नदिए पेट पाल्नसमेत नसकिने बताएका छन् । 
यता मंगलबार बौद्ध क्षेत्रका व्यापारीहरुले पनि व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भन्दै विरोध जनाएका थिए । साथै कैलालीको धनगढीमा पनि व्यापारीहरुले उद्योग वाणिज्य संघले मोडालिटी परिवर्तन नगरे जारी लकडाउनको उल्लङ्घन गर्ने चेतावनी दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: