×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विवाहलाई लकडाउनले कहाँ छेक्थ्यो र…? (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ असार २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

विवाहलाई लकडाउनले कहाँ छेक्थ्यो र…? (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । लकडाउनमा समयमा विवाह गर्नेहरुलाई बुढापाकाले जिस्काउँदै भन्छन् – ‘अभागी’को विवाह भूकम्पका बेला हुन्छ, भाग्यमानीको विवाह लकडाउनका समयमा ।’ ठट्टाका लागि गरिएको यो ठट्टाका बीच साँच्चै विवाह गर्नेहरुको भीड बढेको छ यतिबेला काठमाडौँमा । असारका लगनहरुलाई लकडाउनले लक् गरेको छैन । बरु बैशाखमा रोकिएका विवाहहरु पनि धमाधम हुन थालेका छन् । मन्दिरहरुहरुमा विवाह गर्ने आउने जोडीहरुको बाक्लै भीड देखिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७७ सालमा विवाहका अधिकांश लगन वैशाख र जेठमा रहेको बताएको थियो । तर लकडाउनका कारण वैशाख र जेठमा फिक्स भएका विवाहसमेत रोकिएका थिए । यस्तै आइतबार काठमाडौँको भद्रकाली मन्दिरमा हिन्दु परम्परा अनुसार विवाह बन्धनमा जोडीहरुको लर्को नै लागेको थियो । कोही जोडी निकै हर्षित देखिएका थिए भने कुनै जोडी निराश-निराश नै देखिएका थिए ।
हेनुहोस् भद्रकाली मन्दिरमा देखिएका दृश्य !







Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: