×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकका ग्राहकले कोरानाबाट जोगिने स्वास्थ्य सामाग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मेगा बैंकका ग्राहकले कोरानाबाट जोगिने स्वास्थ्य सामाग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने

Artha Sarokar

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । कोरोना महामारीबाट सावधानी अपनाउन आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरु खरिदमा मेगा बैंक नेपालका ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ ।

मेगा बैंकका ग्राहकहरुलाई रिचार्जर नामक अनलाइन सपिङबाट स्वास्थ्य सामाग्री खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको हो । पीपीई, सेनिटाइजर, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल मास्क, ग्लोब्स, सेफ्टी सुज, सेफ्टी चश्मा, फेस प्रोटेक्टर, डिस्इन्फेक्टेन्ट स्प्रे लगायत विभिन्न सामाग्री खरिदमा मेगा बैंकका ग्राहकहरुलाई छुटको व्यवस्था गरिएको रिचार्जरले जनाएको छ ।
मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले कार्डबाट इकमर्समार्फत रकम भुक्तानी गर्दा प्रत्येक पटक १० प्रतिशत र अधिकतम ५ सय रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ । रिचार्जरको वेभसाइट तथा मोबाइल एप्समार्फत ग्राहकहरुले सामान अर्डर गर्न सक्नेछन् ।
देशव्यापी लकडाउनको असहज अवस्था तथा कोरोनाको सम्भावित खतराबाट जोगिन सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी