×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्सको सामाजिक कार्य: कोरोना रोकथाम कोषलाई २५ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग

LAXMI SUNRISE BANK

मेरो माइक्रोफाइनान्सको सामाजिक कार्य: कोरोना रोकथाम कोषलाई २५ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग

४ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले सहयोग प्रदान गरेको छ । माइक्रोफाइनान्सले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम संघीय सरकारलाई हस्तान्तरण गरेको हो । 
कम्पनीले २५ लाख ६० हजार ७ सय १९ रुपैयाको चेक राष्ट्रिय बाणिज्य बैंकमा रहेको उपचार कोषको खातामा विहीवार नै जम्मा गरेको जनाएको छ । उक्त रकममा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वसँगै कार्यरत कर्मचारीको ३ दिनको पारिश्रमिक समेत समावेश गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले जानकारी दिए ।
यससँगै कोरोना पीडित एवम् विपन्न वर्गलाई राहत पु¥याउन विभिन्न स्थानीय तहमार्फत् १० लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग उपलब्ध गराइसकेको दाहालले जानकारी दिए । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले देशका ५९ जिल्लमा १२० शाखामार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी