×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको सामाजिक कार्य : प्रहरीलाई ६० थान फ्लोरेसेन्ट ज्याकेट हस्तान्तरण

PRIME CA
GLOBAL IME BANK

नेपाल बैंकको सामाजिक कार्य : प्रहरीलाई ६० थान फ्लोरेसेन्ट ज्याकेट हस्तान्तरण

३२ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालालाई ६० थान फ्लोरेसेन्ट ज्याकेट प्रदान गरेको छ ।
नेपाल बैंक लिमिटेड बागमती प्रदेशका प्रदेश प्रमुख सुन्दर पन्थीसहितको उपस्थितिमा प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतलाई आज सो सामग्री हस्तान्तरण गरिएको हो ।
प्रदेश प्रमुख पन्थीले आम जनताको सुरक्षार्थ अहोरात्र खटिरहेको र प्रहरी हाम्रो साथी भएको कुरा सो वृत्तले प्रस्तुत गरेको बताएका छन् । प्रहरी नायब उपरीक्षक बस्नेतले रात्रिकालीन समयमा प्रहरी जवान मैदानमा खटिनुपर्ने र फ्लोरोसेन्ट ज्याकेटको अभावमा प्रहरी जवानको दुर्घटना भई मृत्युसमेत भएको हुँदा सो सहयोगले उत्साह मिल्ने बताएका छन् । 
बैंकले नेपाल सरकारको कोरोना रोकथाम तथा उपचार कोषमा पनि रकम प्रदान गरिसकेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जनाएका छन् । – रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: