- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा आज (मंगलबार) बत्ती जाने भएको छ । जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्नुपर्ने भएकाले उपत्यकाकाे विभिन्न ठाउँमा विद्युत् काटिन लागेको हो ।
नेपाल विद्युत प्राधिकरणले एक सूचना प्रकाशन गर्दै बूढानीलकण्ठ नगरपालिका–२ गणेशचोकको जीर्ण एच टी लाइनको पोल परिवर्तन गर्नुपर्ने भएकाले महाराजगञ्ज वितरण केन्द्रको गणेशस्थान फिडरबाट वितरीत लाइन काटिने भएकाे जानकारी दिएकाे छ ।
नेपाल विद्युत प्राधिकरणले दिएकाे जानकारी अनुसार यस फिडर अन्तर्गतका घुम्ती, धापासी, च्यासिन्टोल, हात्तिगौंडा, बालुवाडीपो, हेपाली लगायतका क्षेत्रहरुमा बत्ती जाने भएको हाे । त्यस्तै, काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ ।