
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनएमबि बैंकले भाइवर र फेसबुक मेसेन्जरमार्फत खोल्न सकिने खातामा पहिलोपटकको मोबाइल बैंकिङ कारोबारमा १० प्रतिशत छुट वा रु. ५०० सम्मको नगद फिर्ता योजना प्रस्तुत गरेको छ।

दैनिक उपभोग्य बस्तुको भुक्तानी, टप–अप र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था उपलब्ध छ। यस योजनाअन्तर्गत वर्तमान कोभिडको परिवेशमा आफ्ना ग्राहक वर्गका लागि सावधानीपूर्वक मोबाइल बैंकिङ सेवाहरु प्रयोग गर्न प्रोत्साहित गरिएको बैंकले जनाएको छ।
डिजिटल बैंकिङ सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र घरमै बसी ढुक्कसँग बैंकिङ गतिविधिहरु रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ आफूहरु उन्मुख रहेको बैंकले स्पष्ट पारेको छ।
आफ्ना ग्राहकलाई बैंकिङ अनुभवहरु परिष्कृत भएको महसुस गर्न भाइबर र म्यासेन्जरकैे प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याइएको बैंकले जनाएको छ। ‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुआत गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकलाई वित्तीय सेवाहरु छनौट गर्न सहयोग पुर्याउने सुरक्षित वातावरण तयार पार्नु हो’, बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्