Skip to content
LAXMI SUNRISE BANK

लाजै पचाएर निजी विद्यालयले गरे यस्तो ताकेता, हेर्नुहोस् पढ्दै कन्सीरी तात्ने विज्ञप्ति (विज्ञप्तिसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । निजी विद्यालयहरुले भर्ना शुल्क उठाउने निर्णय सार्वजनिक गरेका छन् । निजी विद्यालयहरुले लकडाउन अवधिकोसमेत शुल्क उठाउने निर्णय सार्वजनिक गरेका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल एन–प्याब्सनले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई ताकेतासहितको विज्ञप्ती जारी गरेका हुन् । 

प्याब्सनका अध्यक्ष टीकाराम पुरी र एन-प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘२०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।’ सरकारले लकडाउन खुकुलो बनाएपनि विद्यालय खोल्ने अनुमति भने दिएको छैन । साथै सरकारले भर्ना गर्न  पनि अनुमति दिएको छैन् । तर सरकारको नियम विपरित विद्यालयहरुले मनपरी गरिरहेका छन् । 
हेनुहोस् विज्ञप्ति जस्ताको त्यस्तै :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK