×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोग्रेशिभ फाइनान्सले ल्यायो ‘आरोग्य बचत खाता’ निक्षेप योजना, एक लाखसम्मको बीमा सुविधा पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रोग्रेशिभ फाइनान्सले ल्यायो ‘आरोग्य बचत खाता’ निक्षेप योजना, एक लाखसम्मको बीमा सुविधा पाइने

Artha Sarokar

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको नयाँ निक्षेप योजना आरोग्य बचत खाता सार्वजनिक भएको छ । हालको कोरोना भाइरस महामारीलाई दृष्टिगत गर्दै यसको जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यले यो नयाँ निक्षेप योजना ल्याइएको हो ।
यस अनुसार अब ग्राहकहरुले खोलेको खाताको न्यूनतम मौज्दातको आधारमा १ लाख रुपैयाँसम्मको बीमा सुविधा प्रदान गरिनेछ । साथै, न्यूनतम मौज्दात ५० हजार रुपैयाँ हुनेगरी खाता खोल्ने ग्राहकहरु १ लाख रुपैयाँ बराबरको कोभिड १९ बीमा सुविधाबाट लाभान्वित हुन सक्नेछन् ।
संस्थाको प्रशन्न बचत खाताका ग्राहकहरुलाई समेत उक्त बीमा सुविधा उपलब्ध हुनेछ । ‘एक लाखको मुद्धति खोल्नुस्, एक लाखकै कोरोना बीमा सुविधा पाउनुहोस्’ योजना अनुसार १ लाख रुपैयाँ वा सो भन्दा बढीको न्यूनतम एक वर्षे मुद्धती खाता खोल्ने ग्राहकलाई पनि १ लाख रुपैयाँकै कोभिड-१९ बीमा सुविधा संस्थाले उपलब्ध गराउनेछ । संस्थागत ग्राहकहरुको सुविधाका लागि पनि फाइनान्स कम्पनीले नयाँ योजना अघि सारेको छ ।
८० करोड १ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्स कम्पनीले हाल ७ वटा शाखाहरु तथा ४ वटा एक्सटेन्सन काउन्टरहरुबाट सेवा प्रवाह गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी