×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q3 Report : रिडी हाइड्रोपावरको खुद नाफा ३०३.९२%ले बढ्यो, अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ असार २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

Q3 Report : रिडी हाइड्रोपावरको खुद नाफा ३०३.९२%ले बढ्यो, अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ३ करोड ९ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३०३.९२% धेरै हो । गत वर्षको सोहि अवधिको कम्पनीले ७६ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।
यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ३ करोड ९९ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ । यो रकम गत वर्षकाे तुलनामा २४४.५१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १ करोड १५ लाख ९७ हजार नाफा आम्दानी गरेको थियाे । यस्तै, कम्पनीले सञ्चालन नाफा पनि ९८ लाख ७ हजार रुपैयाँबाट बढाएर ३ करोड ३९ लाख ८१ हजार रुपैयाँ पुर्याएकाे छ ।
हाल कम्पनीकाे चुक्ता पूँजी ५३ करोड ११ लाख १८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड ४ लाख ६१ हजार रूपैयाँ रहेको छ । यता, कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८२ पैसा र प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ३८ पैसा रहेकाे विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: