×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारलाई संसदीय समितिको निर्देशन : ‘क्वारेन्टाइनमा बसेका सबैको पिसिआर परीक्षण गर्नू’ (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

सरकारलाई संसदीय समितिको निर्देशन : ‘क्वारेन्टाइनमा बसेका सबैको पिसिआर परीक्षण गर्नू’ (भिडियो रिपोर्ट)

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । संसदीय समितिले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको १४ दिनभित्र अनिवार्य पीसीआर परीक्षण गरिसक्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कुनै व्यक्ति क्वारेन्टाइनमा बसेको १४ दिनभित्र पीसीआर गरिसक्न निर्देशन दिएको हो । समिति सभापति विमल प्रसाद श्रीवास्तवले विदेशबाट आउने महिला, गर्भवति महिला, जेष्ठ नागरिक लगायतको निःशूल्क परीक्षणको व्यवस्था गर्न पनि निर्देशन दिनुभयो ।

रोजगारी गुमाएर विदेशबाट आउने नागरिकहरुको व्यवस्थापन गर्दै स्वदेश आउनै पर्ने अवस्थामा रहेकाहरुर्ला तत्काल ल्याउन पनि समितिले निर्देशन दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तत्काल नेपाल फर्किन चाहानेहरुको आधिकारिक तथ्याङ्क संकलन भइरहेको बताउनुभयो । विभिन्न प्राथमिकताका क्षेत्र तोकेर दुतावासहरुलाई तथ्याङ्क संकलनका लागि निर्देशन भएको उहाँले बताउनुभयो ।

कोभिड-१९ को संक्रमणको असर वैदेशिक रोजगारीमा गएका नेपालीहरुमा पनि परेको छ । अध्ययन वा अन्य शिलशिलामा विदेश गएका नागरिकहरु पनि लक डाउनका कारण उतै रोकिएका छन् । सरकारले आफ्ना नागरिक स्वदेश फर्काउने तयारी गरिरहेको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: