×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तर्राष्ट्रिय उडान खुलेलगत्तै १ लाख २७ हजार बढी श्रमिक नेपाल ल्याउने तयारी (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

अन्तर्राष्ट्रिय उडान खुलेलगत्तै १ लाख २७ हजार बढी श्रमिक नेपाल ल्याउने तयारी (भिडियो रिपोर्ट)

९ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टीमिडिया ब्यूरो 
काठमाडौं । खाडी मुलुकहरुमा रोजगारीका लागि गएका करिब १३ लाख श्रमिकमध्ये १ लाख २७ हजार बढी अन्तर्राष्ट्रिय उडान खुल्ने लगत्तै स्वदेश फर्किने तयारीमा रहेका छन् । सरकारले कोरोनाका कारण अफ्ठ्यारोमा परेकाहरुलाई स्वदेश ल्याइरहेको भएपनि श्रम स्वीकृति सकिएका र आममाफी पाएका १ लाख २७ हजार बढी स्वदेश फर्किने तयारीमा रहेका हुन् । वैदेशिक रोजगार विभागका कार्यकारी निर्देशक राजन श्रेष्ठले मलेसिया, कतार, साउदी अरेबिया, युएई, कुवेत, बहराइन लगायतका देशमा १२ हजार ८७ हजार ८ सय बढी श्रमिक रहेकोमा १ लाख २७ हजार अन्तर्राष्ट्रिय उडान खुले लगत्तै स्वदेश फर्किन सक्ने बताएका छन् । सरकारले करिब ४५ हजारलाई चार्डड उडान मार्फत ल्याइरहेको भएपनि १ लाख २७ हजार श्रमिक आममाफी पाएर र श्रमअवधि सकिएर फर्किने लाइनमा रहेको उनले बताए ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा निर्देशक श्रेष्ठले वि.स. २०५० सालदेखि चालुआर्थिक वर्षको फागुन मसान्तसम्म ५४ लाख ९६ हजार ४ सय ६० जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क रहेको बताए । जसमा २ लाख ३७ हजार ९ सय ६१ जना महिला रहेका छन् । अहिले १४ लाख ८७ हजारको हाराहारीमा श्रमिकहरु विभिन्न देशमा कार्यरत रहेको उनले बताएका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशबाट आउन सिफारिसमा परेका मध्ये ४ हजार २ सय १७ जनालाई सरकारले नेपाल ल्याइसकेको बताएका छन् । जसमा २ हजार ७ सय ४२ जनालाई प्रदेशमा पठाइएको छ । लक डाउनको अवधिमा विभिन्न देशमा ३ सय १८ जनाको निधन भएकोमा १ सय १४ जनाको परिवारले उतै अन्तेष्टि गर्न अनुमति दिएको बताए । अहिलेसम्म ४० वटा शव नेपाल आइपुगेको र अझै १ सय ६४ वटा शव ल्याउन बाँकी रहेको उनले बताए ।
समितिले नेपालमा काम गर्ने विदेशी कामदारहरुले श्रम स्वीकृति लिए-नलिएको विषयमा अनुगमन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । अनुगमनमा स्वीकृति नलिएको पाइए तत्काल कारवाही गर्न पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । समिति बैठकमा सांसदहरुले श्रमिकहरुलाई ल्याउने सम्बन्धमा सर्वोच्चले दिएको आदेशको पालना भए-नभएको बारेमा चासो राखेका थिए । नेपाल फर्किने नागरिकहरुको रोजगारी व्यवस्थापनका विषयमा पनि मन्त्रालयले गरिरहेका कामका विषयमा चासो राखेका थिए । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: