
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको राष्ट्रियसभाको विशेष समयमा सांसदहरुले आफ्नो धारणा राखेका छन् । मंगलबारको बैठकमा पुष्पा गौतम, गगन थापा, शिवमाया तुम्बाहाङ्फे, शशी श्रेष्ठ, योगेश भट्टराई, रामनारायण बिडारी, बेदुराम भुसाललगायतले आफ्नो धारणा राखेका थिए ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले नेपालको नागरिकता (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७७ पेश गरेकी थिइन् भने तुम्बाहाङ्फेले नेपाल विशेष विधेयक २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । यस्तै पर्यटनमन्त्री भट्टराईले प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्दै गरेका थिए ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाल विशेष विधेयक २०७६ माथिको छलफलमा बोल्दै सांसद पुष्पा भुसाल गौतम ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाल विशेष विधेयक २०७६ माथिको छलफलमा बोल्दै सांसद गगनकुमार थापा ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून,न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फे नेपाल विशेष विधेयक २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ नेपालको नागरिकता (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७७ पेश गर्दै ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको राष्ट्रियसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराई प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्दै ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद रामनारायण बिडारी ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद बेदुराम भुसाल ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्