Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंकको सामाजिक कार्य : रजहर प्रहरी चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लि. टांगिकोट शाखाले आईतबार ईलाका प्रहरी कार्यलय रजहरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बैंकको टांगिकोट शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना रोकथामका लागि ईलाका प्रहरी कार्यालय रजहरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

बैंकको टांगिकोट शाखाले माक्स,पञ्जा,स्यानिटाइजर स्वास्थ्य सामग्रीहरु प्रदान गरेको हो । बैंकको टांगिकोट शाखा कार्यालय प्रमुख निर्मल सुवेदी, बैंकका कर्मचारी हिमाल बिक्रम दर्जीले रजहर ईलाका प्रहरी कार्यलयका असई राजकुमार घिमिरेलाई संयुक्त हस्तान्तरण गरेका थिए। 
कोरोना भाईरस(कोभिड–१९)ले महाब्याधीले विश्वनै आक्रान्त पारेको बेला सुरक्षा व्यवस्थापनका लागि अग्रमोर्चामा रहेको प्रहरीहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको राष्ट्रिय वाणिज्य बैंक लि टांगिकोट शाखा कार्यालय प्रमुख निर्मल सुवेदीले बताए ।
यसले विपद्को अवस्थामा जीउज्यान नभनी सुरक्षाकर्ममा अहोरात्र खटिएका सुरक्षाकर्मीहरुलाई हौंसला बढ्ने सुवेदीको भनाई रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK