
- अर्थ सरोकार सम्बाददाता
गुल्मी । सरकारले घरभाडा छुट दिन सरकार आग्रह गरेको छ । तर धेरै घरभेटीहरुले सार्है विपन्नलाई बाहेक घरभाडा छुट दिइरहेका छैनन् । कतिले भाडा तिर्न नै नसक्नेहरुलाई पनि छुट दिएका छैनन् । तर गुल्मीमा भने लघुवित्त कम्पनीलाईसमेत घरभाडा छुट दिने मनकारी घरभेटी भेटिएका छन् ।
गुल्मी दरबार गाउँपालिका गैंडाकोटमा रहेको सबैको लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय रहेको घरका घरधनी मान बहादुर थापाले लक डाउन अबधिभर मध्य एक महिनाको भाडा छुट गरिदिएको त्यस संस्था शाखा प्रबन्धक हरि प्रसाद खनालले जानकारी दिएका छन् ।
खनालले मान बहादुर थापा जस्ता ठुलो मन भएका घरधनीले यसैगरी कुरा बुजेमा हरेक नागरिकलाई सहज हुने बताउनु भयो। त्यसै गरि सबैको लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय गैंडाकोटको तर्फबाट मान बहादुर थापालाई धन्यवाद दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्