Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकको सामाजिक कार्य : करुणा फाउन्डेसन नेपाललाई १० लाख रूपैयाँ आर्थिक सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा बैंकले करुणा फाउन्डेसन नेपाललाई १० लाख रुपैयाँ सहयोग गरेकाे छ । जन्मजात हुने अपाङ्गता रोकथाम तथा अपाङ्गता भएका व्यक्तिहरु लक्षित ‘अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम’ मार्फत् अपाङ्गता भएकाहरुका लागि आवश्यक सहायक सामाग्रीहरु (ह्विलचेयर, श्रवणयन्त्र लगायत) खरिद प्रयोजनका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग रकम उपलब्ध गराएको हो ।
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश १, पालिकाहरु र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत तथा सञ्चालन साझेदारीमा सञ्चालन हुने यस कार्यक्रमले अपाङ्गता भएका व्यक्ति तथा उनीहरुका परिवारको जीवनको गुणस्तर बढाउन यस प्रकारको सहयोगले मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । प्रदेश १ का १४ जिल्लाहरु तथा १३७ पालिकाहरुमा मात्रै करिब १ लाख अपाङ्गता भएका व्यक्तिहरु रहेको करुणा फाउन्डेसनले जनाएको छ ।
सानिमा बैंकले देशका सातै प्रदेशबाट ७९ शाखा, ६ वटा विस्तारित काउन्टर र ८१ एटीएम मार्फत् आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK