Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ्ग क्षेत्रमा पहिलो पटक सानिमा बैंकले सुरु गर्यो अपाङ्गतामैत्री वेभसाइट

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक अपाङ्गमैत्री वेभसाइटको शुरुवात गरेको छ । यो वेभसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग गर्न गाह्रो हुने व्यक्तिहरुको लागि उपयोगी हुनेछ ।
यस वेभसाइटको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ । साथै अन्य व्यक्तिहरु जस्तै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पनि अनलाईनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ्ग पहुँच पुर्याउने प्रयास गरेको छ ।

यो सुविधा प्रयोग गर्नका लागि बैंकको वेभसाइटमा गई दायाँ कुनामा रहेको डिज्याबिलिटी फ्रेन्डिली आईकन क्लिक गरी आवश्यक एसेसीबिलिटी विडजेट मेन्युमा गई आफूलाई चाहिएको सुविधा अनुसारको अपसन बटनमा क्लिक गरी वेभसाइटको प्रयोग गर्न सकिनेछ ।
यो सेवा हाल अंग्रेजीमा मात्र उपलब्ध छ । समयक्रमसँगै अन्य अपाङ्गतामैत्रीे सेवा सुविधाहरु थप विस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकता सहज रुपमा पूरा गर्ने बैंकको उद्देश्य रहेको छ ।
सानिमा बैंकले देशभरका सातै प्रदेशबाट ७९ शाखा, ७ वटा विस्तारित काउन्टर तथा ८१ एटिएममार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK