×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाईफ इन्स्याेरेन्सका बीमितले अव घरमै बसेर आफ्नो विवरण हेर्न सक्ने

PRIME CA
GLOBAL IME BANK

सानिमा लाईफ इन्स्याेरेन्सका बीमितले अव घरमै बसेर आफ्नो विवरण हेर्न सक्ने

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । सानिमा लाईफ इन्स्याेरेन्सका बीमितले आफ्नो विवरण घर मै बसेर हेर्न सक्ने भएका छन् । उनीहरूले इन्स्याेरेन्सकाे मोबाइल एप मार्फत आफ्नो विवरण हेर्न सक्ने भएका हुन् । इन्स्योरेन्सले लकडाउनको अहिलेको परिस्थितिमा आफ्ना बीमितहरुले घर बसेर सानिमा लाईफको मोबाइल एप मार्फत आफ्नो विवरण आफै हेर्न सकिने सुविधा(युजर पाेर्टल) को शुभारम्भ गरेको छ ।
सानिमा लाइफको एप सजिलै गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । त्यहाँबाट सर्चमा गएर आफ्नो पोलिसी नम्बर र प्रस्तावकको जन्म मिति राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सकिनेछ । यस एप मार्फत बीमितले लिएको बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिन्छ ।
साथै, सानिमा लाईफको यस एपमा बीमा शुल्क सहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरुको बारे विस्तृत जानकारी, सानिमा एडभाइजर्स पाेर्टल र कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण पनि उपलब्ध छ ।
बीमा योजना खरिद गरिसकेपछि आफ्न विवरण बुझ्न बारम्बार आफ्नो अभिकर्ता वा कम्पनीसँग सोधिराख्नु पर्ने झन्झट यस सुविधाको शुभारम्भ सँगै समाप्त भएको छ । यसका साथै कम्पनीले घरमै बसेर इ-सेवा, खल्ती, कनेक्ट आइपीएस, सेल-पे लगायतका डिजिटल बैङ्किङ्ग सुविधा मार्फत बीमा शुल्क तिर्न सकिने गरी आफ्नो एपमा नयाँ सुविधा थप गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: