×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुजुकीले घोषणा गर्यो ‘नयाँ सुरुवात’: तीन लाख ८० हजार डाउनपेमेन्टमै सुजुकी कार, मासिक किस्ता १४ हजार मात्रै

LAXMI SUNRISE BANK

सुजुकीले घोषणा गर्यो ‘नयाँ सुरुवात’: तीन लाख ८० हजार डाउनपेमेन्टमै सुजुकी कार, मासिक किस्ता १४ हजार मात्रै

८ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले कार किन्ने ग्राहकको सपनालाई साकार बनाउने उद्देश्यले ‘नयाँ सुरुवात’ नामको फाइनान्स स्किम ल्याएको छ । यो स्किम अन्तर्गत ग्राहकले न्युनतम तीन लाख ७९ हजार नौ सय रुपैयाँ डाउनमेपेन्ट देखि सुजुकीका पेसेन्जर कार र दुई लाख ९९ हजार ७५० रुपैयाँ डाउनपेमेन्ट देखि सुजुकीका कमर्शियल गाडी खरिद गर्न सक्नुहुनेछ । 
यो योजनामा डाउनपेमेन्टमा सुजुकीका पेसेन्जर कार खरिद गर्दा मात्र १३ हजार नौ सय १३ रुपैयाँ देखि र कमर्शियल मोडेल खरिद गर्दा मात्र नौ हजार सात सय ३४ रुपैयाँ देखि मासिक किस्ता तिर्नुपर्ने हुन्छ। फरक सुजुकीका मोडेलमा फरक डाउनपेमेन्ट र मासिक किस्ता लागू हुनेछ । 
फाइनान्स स्किमका अलावा सुजुकीले अधिकतम दुई लाख २५ हजार रुपैयाँसम्म आकर्षक नगद छुट, अधिकतम दुई लाख रुपैयाँ एक्सचेन्ज भ्यालुएसन र एक वर्षको इन्स्योरेन्सको व्यवस्था समेत गरेको छ । फरक सुजुकीका मोडेलमा फरक नगद छुट, एक्सचेन्ज भ्यालुएसन र इन्स्योरेन्सका लागू हुनेछ ।
कम्पनीका अनुसार अहिले कोभिड १९ को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनले नेपाली ग्राहक अन्यौलमा परेको छ । तथापी, आफ्नो र आफ्नो परिवारको सुरक्षा अहिले सबैको प्राथमिकताको विषय हो । तसर्थ, आफ्ना मानिसको सुरक्षाका लागि र कार खरिद गर्ने सपनालाई साकार बनाउन सुजुकीको अफरले मद्दत गर्ने अपेक्षा सीजी मोटोकर्पको छ । 
यो स्किम नेपालभर फैलिएका सुजुकीका सबै ३५ वटा सेल्स आउटलेटमा उपलब्ध छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी