- अर्थ सरोकार सम्बाददाता
काठमाडौं– विगत केही दिनदेखि रहँदै आएको लकडाउनमा केही सहजता आएपश्चात् पनि हाम्रो दैनिकी पूर्ववत् अवस्थामा आउन केही समय लाग्ने प्रायः निश्चित् छ भनें सार्वजनिक यातायातका साधनहरु अझै पनि संचालनमा आउन छैनन् । यो परिस्थितिका बीच आवागमनमा सहजता प्रदान गर्न २ पाङ्ग्रे सवारी साधनहरुको निर्माता टिभीएस मोटर कम्पनीको नेपाल स्थित आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभीएस बाइक तथा स्कूटरहरुको नयाँ बिक्री योजना ‘सुरक्षित यात्राको सुरक्षित सहयात्री’ आरम्भ गरेको छ ।
यस योजना अन्तर्गत टिभीएस मोटरसाइकल तथा स्कूटर खरीद गर्ने ग्राहकहरुले जिरो प्रतिशत व्याजदर वा जिरो प्रतिशत डाउन पेमेन्ट वा रु. १०,००० स्कूटरमा र रु. १२,००० मोटरसाइकलमा नगद छुट वा अहिले किन्नुहोस् र पछि सरल मासिक भुक्तानी गर्न सकिन्छ । ग्राहकहरुले यी चार योजना मध्ये कुनै एक छनौट गर्न सक्नेछन् ।
यसैगरी, ग्राहकहरुले अनलाइनमार्फत् पनि टिभीएस मोटरसाइकल तथा स्कूटर खरीदको लागि अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसरी अनलाइन अर्डर गर्ने ग्राहकलाई कम्पनीले घरमै मोटरसाइकल वा स्कूटर उपलब्ध गराउने होम डेलिभरीको सुविधा समेत प्रदान गर्नेछ । ग्राहकहरुले अनलाइन अर्डर गर्न यो साइटमा जानु पर्नेछ www.tvsnepal.com/shop ।
योजना शुरु गर्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले भने, ‘परिस्थिति विस्तारै सहज बन्दै गएको छ र अब जीवन फेरि सही ट्रयाकमा आउन लागेको छ । यसैले हाम्रा ग्राहकहरुलाई अबको यात्रा अघि बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यो योजना अघि सारेका छौं । आशा छ, ग्राहकहरुले यस योजनाबाट भरपूर लाभ लिनु हुने नै छ ।’
अन्तर्राष्ट्रिय गुणस्तर बमोजिम विश्वविख्यात कम्पनी टिभीएसले उत्पादन गरेका टिभीएस मोटरसाइकल तथा स्कूटरहरु मध्ये नेपालमा १०० देखि ३१० सीसीसम्म उपलब्ध छन् । विश्वका ६२ देशमा उपलब्ध टिभीएस ब्राण्डका मोटर साइकल तथा स्कूटरहरु नेपालमा भारत तथा इन्डोनेशियामा निर्मित मजबुत, आकर्षक र स्टाइलिस डिजाइनमा उपलब्ध छन् ।
नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।