- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भाइबरले नेपालमा ग्रुप भिडियो कल नामक नयाँ सेवा सुचारु गरेको छ । जसमार्फत असीमित अवधिसम्म बढीमा २० जनासम्म एकसाथ भिडियो कल गर्न सकिनेछ ।
यसभन्दा अघि शुरु गरेको भाइबरको ग्रुप अडियो कल सेवाको सफलताबाट प्रोत्साहित हुँदै एक अर्काबीच आमने–सामने भएर संवाद एवं छलफल गर्नका लागि व्यापक भिडियो कलको बढ्दो माग भैरहेको सन्दर्भलाई दृष्टिगत गरेर यो नयाँ विशेषता भाइबरमा थप गरिएको कम्पनीले जनाएको छ ।
सामाजिक दूरीको नियम र मानिसहरु माझ समुहगत भेटघाटमा रोक लागेको कारणले अनलाइन छलफल गर्नु सुविधा मात्र नभएर आवश्यकता नै भएको छ । अनलाइन कुकिङ्ग शिक्षा संचालन गर्ने सेफहरुदेखि लिएर योगाभ्यासको कक्षा लिइरहेका योग गुरुहरुसम्म, सामूहिक कार्य गर्ने सबैलाई सुरक्षित, प्रभावकारी अनलाइन मञ्च जरुरी भएका भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार मोबाइल तथा डेस्कटप दुबैमा भाइबर एप मार्फत भाइबर ग्रुप कल सजिलै सञ्चालन गरी कार्य–मैत्री सुविधाहरु जस्तै स्क्रिन सेयर गर्ने र भिडियो प्रसारण गर्ने कार्य गर्न सकिन्छ । साथै भाइबरको ग्रुप च्याटहरु र ग्रुप भ्वाइस कलहरुका साथ आमने सामने सञ्चारको यो नयाँ माध्यम ‘न्यू नर्मल’ सँग सामना गर्ने एक उत्तम तरिका हो ।
“हामी हाम्रा प्रयोगकर्ताहरुलाई बढीमा २० जनासम्म रहने गरी भिडियो कलमा सहभागी गराउन समर्थ भएकोमा अत्यन्त उत्साहित भएका छौं र यसलाई हामी चाँडै नै अझ विस्तार गर्ने दिशामा अग्रसर छौं । भाइबरले एक महत्वपूर्ण उद्देयका साथ समाजलाई सेवा प्रवाह गर्दै आएको छ, अब त्यसमा पहिलेको भन्दा धेरै यसले प्रयोकर्ताहरुलाई सजिलै सञ्चार गर्न सक्षम बनाएको छ । हाम्रो जीवनमा भिडियो छलफल पहिले भन्दा अझ ज्यादा हुनेछ, यसैले हामीले यो नयाँ विशेषता शुभारम्भ गर्ने निर्णय गरेका हौं र प्रयोगकर्ताहरुलाई वास्तवमा नजिक ल्याउने अर्को कदम हो जब आमने–सामने मिटिङ्ग गर्ने अरु कुनै विकल्प छैन ।” भाइबरका सिओओ अफिर एयालले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्