
- अर्थ सरोकार संवाददाता
धनगढी । कञ्चरपुरमा मोटरसाइकल चोरी प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय धनगढीका दुई कर्मचारी सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १२ जनालाई पक्राउ गरेको हो । सवारी साधन चोरी गरि कागज किर्ते गरेको आरोपमा यातायातका दुई कर्मचारी सहित १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
यातायात व्यवस्था कार्यालय धनगढीमा सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले जानकारी दिनुभयो । त्यस्तै पक्राउ पर्नेमा कञ्चनपुरको लालझाडी गाउपालिका वडा नं. ४ बस्ने बर्ष ३५ का बहादुर राना, बेतकोट नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३५ का राज कुमार राना, सोही ठाउँका २५ बर्षीय हरेन्द्र राना, ३० बर्षीय सुबेश राना, लालझाडी गाउपालिका वडा नं. १ बस्ने बर्ष ४२ का रामनिवास राना, शुक्लाफाँटा नगरपालिका वडा नम्वर १२ घर भई हाल जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नम्वर ३ मिलन चोक बस्ने बर्ष २७ का श्याम राना, कञ्चनपुर बेतकोट नरपालिका वडा नम्वर ६ बस्ने वर्ष २८ का रामलाल राना, बेतकोट नगरपालिका ५ बस्ने वर्ष १८ का प्रदिप राना, बेतकोट नगरपालिका वडा नम्वर ५ का बर्ष २७ का लक्ष्मी राना रहेका छन् ।
“नक्कली सवारी दर्ता किताब सहित ८ वटा चोरीका मोटरसाईकल समेत बरामद गरेका छौँ, मोटरसाईकल चोरी गरी कागज किर्ते गरि अवैध रुपमा सवारी किनबेच गर्ने गरेको गोप्य सुचनाका आधारमा पक्राउ गर्न सफल भएका हौँ । गिरोहमा संलग्नलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको छ । पक्राउ परेका अभियुक्तबाट किर्ते गरेको बिलबुकपनि बरामद गरेका छौँ”, थापाले भन्नुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्