
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अजोड इन्स्योरेन्सको आईपीओ आज (शुक्रबार) बाँडफाँड हुने भएको छ । कम्पनीको से यर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटले आज दिउँसो ३ बजे आईपीओ बाँडफाँड हुने जनाएको हो ।
कम्पनीको आइपिओको लागि कुल १ अर्ब ८१ करोड ६३ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । ५ लाख २ हजार २९८ जनाले १ करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन् । जसमा ४ लाख ८४ हजार ४९८ जना योग्य आवेदकको संख्या रहेको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटले जनाएको छ । कम्पनी आइपीओ गोलाप्रथा प्रणालीबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी २ लाख ११ हजार ४९८ जनाको खाली हुनेछ।
आझोद्ले ३० करोड रुपैयाँ बराबरको आईपीओ असार २५ गते बिहिबारदेखि बिक्री खुला गरेको थियो । जसमा ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको थियो । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुल्लागरिएको थियो ।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ । जसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा हुनेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्